१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


लमजुङमा यातायात सेवा रोक्ने समितिका पाँच पदाधिकारी समातिए


0
Shares

लमजुङमा सन्चालनमा रहेको लमजुङ कालिका यातायात सन्चालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाईलाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।

पृथ्वी राजमार्ग बस सन्चालक समितिका पदाधिकारीको खोजी भइरहेको उनले बताए ।

सार्वजनिक यातायात बन्द गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै प्रहरी प्रशासन सक्रिय भएको हो ।

लमजुङमा लमजुङ कालिका यातायात सन्चालक समिति र पृथ्वी राजमार्ग बस सन्चालक समितिले यातायात सन्चालन गर्दै आएका छन् । यी दुवै समितिले (शुक्रबार) आफ्ना गाडी चलाएका छैनन् ।

लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सन्चालन नहुँदा यात्रीहरु मर्कामा परेका छन् ।

देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार गाडी सन्चालन नगर्ने व्यवसायीहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।