२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर : वाइसीएल


0
Shares

वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले शुक्रबार एक संयुक्त विज्ञप्ति प्रकाशित गरी एकाधिकार अन्त्य गर्ने सरकारको घोषणामा सहयोग गर्न आग्रह गरेका छन् ।

तीव्र आर्थिक विकास र समृद्धिको सपनासहित अघि बढिरहेको मुलुकका लागि कुनैपनि प्रकारको बन्द तथा हडताल स्वीकार्य हुन नसक्ने वाइसीएलले जनाएको छ ।

यातायात क्षेत्रमा सन्चाचिल सेवा समितिको सिन्डिकेटविरुद्ध सरकारले चालेको कदम रोक्न आयोजित यातायात बन्द असफल बनाउन सबै किसिमका सवारी सन्चालन गरेर यात्रामा सहयोग गर्न सवारीचालक तथा धनीलाई वाइसीएलले आग्रह गरेको छ ।

वाइसीएलले ग्यारेजमा थन्क्याइएका गाडी सन्चालनमा ल्याउन र नमान्नेमाथि कारबाही गर्नसमेत सरकारसँग माग गरेको छ ।

आफूसँग भएका सवारी–साधन परिचालन गरी स्वयंसेवा भावनाका साथ सहयोग गर्न पनि वाइसीएलले आग्रह गरेको छ । रासस