यातायात व्यवसायीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का • Image Khabar Image Khabar


यातायात व्यवसायीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार १७:२३

यातायात व्यवसायीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का

शुक्रबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललगायतका सरकारी पदाधिकारीको बैठकले यातायात समिति र तिनका पदाधिकारीको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट यातायात व्यवस्था विभागले विवरण लिइ सो विवरण सम्पत्ति शुद्धीकरण विभागमा उपलब्ध गराउने र विभागले सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको छ ।

यस्तै, बैठकले सार्वजनिक सवारी सन्चालन नगर्ने यातायात महासंघ, समितिको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत् नेपाल राष्ट्र बैंकमा यातायात व्यवस्था विभागले लेखी पठाउने निर्णय गरेको छ ।

बैठकले सम्पूर्ण यातायात व्यवसायीलाई यातायात सन्चालन गर्न अनुरोध गर्नेसमेत निर्णय गरेको छ ।

एउटा सवारी पनि कम्पनीकारुपमा दर्ता हुने
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघवीर महासेठले यातायात कम्पनीकारुपमा दर्ता हुन एउटा सवारी–साधनमात्रै भएपनि पुग्ने जानकारी गराएका थिए ।

कम्पनीमा दर्ता हुन कम्तीमा पाँचओटा सवारी–साधन हुनुपर्ने प्रावधान रहेको भनी चर्चामा आएपनि सरकारले एउटा सवारीलाई पनि कम्पनीकारुपमा दर्ता गर्ने निर्णय भइसकेकोे उनले बताए ।

बैठकमा गृहमन्त्री थापा र यातायातमन्त्री महासेठले व्यवसायीको बिमालगायतका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै ‘सिन्डिकेट’ हटाउने निर्णयबाट भने पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्