२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महाकाली यातायातका अध्यक्षसहित पाँचजना पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालय कन्चनपुरले ‘माथिको आदेश’ भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सहकोषाध्यक्ष पन्तसहित पाँच यातायात व्यवसायीलाई पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले यातायात क्षेत्रमा देखिएको ‘सिन्डिकेट’ खारेजी गर्ने सरकारी कार्यक्रमअनुसार यातायात व्यवसायीलाई पक्राउ गरिएको बताए ।

उनकाअनुसार पवनदूत यातायात व्यवसायी समितिका प्रेस सल्लाहकार महेशराज जोशी, महाकाली टेम्पो व्यवसायी समितिका अध्यक्ष जनकबहादुर चन्द, महाकाली सेती यातायात व्यवसायी समितिका निर्वतमान अध्यक्ष दानसिंह धामी र यातायात मजदुर संघका उपाध्यक्ष सुरेन्द्रप्रसाद अवस्थीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका सबै पाँचजनालाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा राखिएको छ ।

पक्राउ परेका यातायात व्यवसायीले शुक्रबार आफ्ना सबै गाडी आ–आफ्नो घरमा थन्क्याएका थिए ।

कन्चनपुरबाट महाकाली र पवनदूत यातायात व्यवसायी समितिले शुक्रबार यातायातका सवारी–साधन सन्चालन गरेनन् ।

बस सन्चालन नगर्दा भारतबाट मजदुरी गरेर घर फर्कने यात्री बढी मारमा परेका छन् ।