कांग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का, र सहमहामन्त्रीमा महत मनोनीत • Image Khabar Image Khabar


कांग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का, र सहमहामन्त्रीमा महत मनोनीत


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार १८:४२

कांग्रेस उपसभापतिमा निधि, महामन्त्रीमा खड्का, र सहमहामन्त्रीमा महत मनोनीत

शुक्रबार राजधानीमा बसेको कांग्रेसका निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बहिस्कारकाबीच पदाधिकारी मनोनयनको प्रस्ताव बहुमतले अनुमोदन गरेको हो ।

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनयन गरेका हुन् ।

सभापति देउवाको प्रस्तावलाई बैठकले बहुमतले अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्नुपर्ने व्यवस्था भएपनि झन्डै साढे दुई वर्षपछि पदाधिकारी मनोनयन गरिएको हो ।

नेता पौडेल पक्षले भने विधानमा दुई महिनामा गर्नुपर्ने व्यवस्था भएकाले विधानको व्यवस्थालाई बाधा अड्काउ फुकाएरमात्रै पदाधिकारी मनोनयन गर्नुपर्ने माग राखेको थियो ।

पौडेलपक्षीय नेता प्रकाशमान सिंहले जबर्जस्ती र विधानविपरीत पार्टी पदाधिकारी मनोनयन गरेकाले स्वीकार नगर्ने बताए ।

उपसभापति नियुक्त भएलगत्तै निधिले भने पार्टीभित्र देखिएको समस्या समाधान गर्दै आफू पार्टीलाई क्रियाशील बनाउन लागिपर्ने बताए ।

कांग्रेसभित्र लामो समयदेखि पदाधिकारी मनोनयनलाई लिएर देउवा र पौडेल पक्षबीच विवाद हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्