२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


नयाँ बसपार्कबाट समितिका काउन्टर हटाइने, २६ ओटा माइक्रोका रुट इजाजत खारेज


0
Shares

नयाँ बसपार्कमा सन्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय शुक्रबार यातायात व्यवस्था विभागले गरेको हो ।

विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई काउन्टरहरु हटाउन निर्देशन दिएको भने त्यसका लागि सहयोग गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

निर्णयानुसार समिति र संघका काउन्टरहरु हटाएर यातायात कम्पनीका काउन्टरहरु राखिनेछ ।

२६ ओटा माइक्रोबसका रूट इजाजत
शुक्रबारै यातायात व्यवस्था विभागले काठमाडौंका २६ ओटा माइक्रोबसका रूट इजाजत खारेज गरेको छ ।

विभागले सिनामंगल–रत्नपार्क र रत्नपार्क–नयाँ बसपार्क चल्ने विभिन्न समितिका २६ ओटा माइक्रोबसको रूट इजाजत खारेज गरिएको जनाएको छ ।

गृह मन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको शुक्रबारको संयुक्त बैठकले सवारी–साधन नचलाउने बसको रुट इजाजत शुक्रबारैदेखि खारेज गर्ने निर्णय गरेको हो ।