नयाँ बसपार्कबाट यसरी हटाइयो काउन्टर, कर्मचारी भागे (भिडियोसहित) • Image Khabar Image Khabar


नयाँ बसपार्कबाट यसरी हटाइयो काउन्टर, कर्मचारी भागे (भिडियोसहित)


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार २०:२४

नयाँ बसपार्कबाट यसरी हटाइयो काउन्टर, कर्मचारी भागे (भिडियोसहित)

यातायात व्यवस्था विभागले नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिलाई यातायात समिति र संघका काउन्टर तथा बोर्डहरु हटाउन निर्देशन दिएलगत्तै शुक्रबार साँझ प्रहरी परिचालन गरी काउन्टरहरु बन्द गरिएको हो ।

विभिन्न संघ तथा समितिका ५० ओटा काउन्टरहरु र बोर्ड हटाइएको छ ।

कम्पनीअन्तर्गत्का २३ ओटा काउन्टरहरु भने यथाव राखिएको जनाइएको छ ।

बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले बसपार्कमा काउन्टर राखेर बसेका समितिहरुले १४ वर्षदेखि भाडासमेत नतिरेको जनाएको छ ।

काउन्टरहरु हटाउनेक्रमा झडप हुनसक्ने आशंकामा महाराजगन्ज प्रहरी वृत्तका डीएसपीको नेतृन्वमा दुई ट्रक प्रहरी परिचालन गरिएको थियो ।

प्रहरी पुगेपछि समितिका काउन्टरमा बसेका कर्मचारी पनि भागेका थिए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्