नेपाल हर्ब्स आयुर्वेदा मेला सुरु • Image Khabar Image Khabar


नेपाल हर्ब्स आयुर्वेदा मेला सुरु


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार २०:४७

नेपाल हर्ब्स आयुर्वेदा मेला सुरु

नेपाल हर्ब्स एन्ड हर्बल प्रडक्ट एसोसिएसनले आयोजना गरेको तीनदिने प्रदर्शनीको शुक्रबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका हुन् ।

७५ ओटा स्टलसहित नेपालमा उत्पादन हुने स्वदेशी कच्चापदार्थ जडीबुटी र त्यसबाट निर्मित वस्तु प्रदर्शनीमा राखिएका छन् ।

जडीबुटीको प्रयोग, प्रजाति र प्रशोधनका आधारमा अर्गानिक प्रमाणित फुडसप्लीमेन्ट, कस्मेटिक उत्पादन, कृषिजन्य उत्पादन, औषधिजन्य वस्तु र सेवा, आयुर्वेदिक औषधि, स्वास्थ्य उपचार सेवालगायतका स्टल मेलामा राखिएका छन् ।

मेला यही वैशाख २३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्