
मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी विभिन्न १६ विषयगत क्षेत्रहरुमा १०० ओटा गतिविधिहरु पहिचान गरी समयबद्धरुपमा कार्यान्वयन गर्ने जनाएको छ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनसम्बन्धी कानुन कठोर रहेको भन्दै परिमार्जन गरी व्यावहारिक बनाइनुपर्ने बताए ।
हालको संरक्षणमुखी रहेको वनसम्बन्धी कानुनलाई व्यावहारमुखी बनाइनुपर्ने उनको भनाइ छ ।
वन प्राविधिक परिषद र वन प्राधिकरण गठन गर्ने तयारीमा मन्त्रालय रहेको पनि उनले उल्लेख गरे ।
वनको वैज्ञानिक व्यवस्थापनसहित वन क्षेत्रको बहुआयामिक उपयोगबाट जनताको आर्थिक अवस्थामा सुधार, रोजगारीका अवसरहरुको सिर्जना र स्थानीय, प्रादेशिक र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने कार्यदिशाको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्