
रणनीतिअनुसार नगरवासीको स्वामित्वमा सुनवलमा १५ श्ययाको अस्पतालका साथै दुईओटा ठूला डिपाटमेन्टल स्टोर स्थापना गर्ने प्रारम्भिक योजना रहेको नगरपालिकाका नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए ।
नगरपालिकाको ५१ प्रतिशत, नगर क्षेत्रमा रहेका सहकारीसहित वित्तीय संस्थाको ४९ प्रतिशत सेयरमार्फत् अस्पताल र डिपाटमेन्टल स्टोर स्थापना गर्ने योजना रहेको छ ।
सरकारी निकायबाट आवश्यक ऋण लिएर नगरपालिकाले अपनत्व ग्रहण गरी नगरवासीलाई साथमा लिएर आगामी पाँच वर्षभित्र दुवै काम गर्न आवश्यक भएकाले रणनीति अघि सारेको नगरप्रमुख थापाको भनाइ छ ।
सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीलाई नगर परिचयपत्रका आधारमा निश्चित प्रतिशत छुट वा सहुलियत दिएर अस्पताल र डिपाटमेन्टल स्टोर सन्चालन गर्नसकिने बताइएको छ ।
सबै नगरवासीको डिजिटल दस्तावेज कायम गरी अभिलेख राखेर वितरण गरिने नगरवासी परिचयपत्रमार्फत् छुट वा सहुलियत दिएर दुवै योजना सफल बनाउने नगरपालिकाको लक्ष्य छ ।
सबै घरघुरीको सर्वेक्षण गरी सबैको सूचनालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी नगरवासी परिचयपत्र जारी गर्ने योजना बनाइएको छ ।
जसका लागि सबै नगरवासीलाई करको दायरामा ल्याउने, नगरवासीको यथार्थ आर्थिक अवस्थासमेत समावेश गरेर तयार परिने गरी डिजिटल प्रविधिको सफ्टओयर निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष थापाले बताए ।
घरधुरी सर्वेक्षण गरी लिइने सबै सूचनालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी कप्युटरमा नगरवासीको नाम खोजी गर्दा सो नगरवासीले नगरपालिकालाई तिनुपर्ने वास्तविक करसमेत थाहा हुने आधारमा दस्तावेजीकरण गर्ने नगरपालिकाको योजना रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्