१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


वैद्यनाथ क्षेत्रको विकास सरकारको प्राथमिकतामा : रक्षामन्त्री


0
Shares

उक्त क्षेत्रमा आयोजित वैद्यनाथ लक्ष हवनात्मक अर्धकुम्भ महोत्सवको शनिबार उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले वैद्यनाथ क्षेत्र नेपालका चार धाममध्येको एक धाम भएकाले यसको विकास गर्न आवश्यक भएको बताए ।

उनले वैद्यनाथ क्षेत्रको विकासका लागि ठोस योजना ल्याउन पनि सरोकारवालालाई आग्रह गरे ।

चालू आर्थिक वर्षमा वैद्यनाथ क्षेत्रका विकासका लागि २० लाख रुपैयाँ विनियोजित गरिसकेको उनको भनाइ छ ।

धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको वैद्यनाथ क्षेत्रको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले उल्लेख गरे ।

उनले वैद्यनाथ क्षेत्रसँगै खप्तड, रामारोशन, बडिमालिका क्षेत्रलाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउप्रधानमन्त्री भीम रावलले वैद्यनाथ धामको धार्मिक तथा ऐतिहासिक महत्वको प्रवद्र्धन हुन नसकेको बताए ।

बराहक्षेत्र, पाशुपत क्षेत्र र मुक्तिनाथजत्तिकै आस्थाको केन्द्र मानिने वैद्यनाथ धाम प्रचार–प्रसारको अभावमा ओझेलमा परेको उनको भनाइ थियो ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वैद्यनाथ क्षेत्रको विकासलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताए ।