२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


साताको नेप्सेमा सामान्य सुधार, कारोबार घट्यो


0
Shares

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ अंकले बढेर अन्तिम दिन १३ सय ६६ अंकमा पुग्यो । गत साता नेप्से ८१ अंकले ओर्लिएको थियो ।

यो साता उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै साताको नेप्से सुधारिएको हो ।

बिमा समूहमा सबैभन्दा उच्च १८२ अंकको सुधार आयो । लघुवित्त समूहमा ६२ अंकले, जलविद्युत् समूह ४३ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ६ अंकको सुधार आयो ।

यो साता कारोबार परिमाणमा भने गिरावट आयो । यो साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुका एक अर्ब ५६ करोड ७० लाख रुपैयाँ बराबरका ३२ लाख ४४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १८२ कम्पनीहरुका चार अर्ब ६९ करोड ६१ लाख रुपैयाँ बराबरका एक करोड एक लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ६६ प्रतिशतले कम हो ।

यो साता कारोबार रकम र कारोबार भएको सेयर संख्याको आधारमा नेपाल बैंक एवं कारोबार संख्याको आधारमा स्वदेशी लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रह्यो ।

कारोबार रकमको आधारमा नेपाल बैंकलाई राष्ट्रिय बिमा कम्पनी संस्थापक, स्वदेशी लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बिमा कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।