
पाँचथर, बैशाख २३ । पाँचथरको हिलिहाङ गाउँपालिकामा पहिलोपटक संचालन हुन लागेको हिलिहाङ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
भोलिबाट हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हिलिहाङ गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख भुवानीप्रसाद लिङ्देनले ऐतिहासिक महत्व राख्ने हिलिहाङ दरबार परिसरसहित गाउँपालिकाका ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको बताए ।
कृषि, उर्जा, पर्यटन र ब्यापार, समृद्ध हिलिहाङ निर्माणको आधार भन्ने नाराका साथ भोलिबाट शुरु हुने महोत्सव ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
महोत्सवको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्