३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


प्रहरी इन्स्पेक्टर पाण्डे गीतकारका रुपमा चिनिंदै


0
Shares

काठमाडौं, बैशाख २३ । नेपाली गित संगितका क्षेत्रमा धेरै यस्ता अनुहार छन जो गित संगितकै माध्यमबाट परिचित छन र समाजमा स्थापित छन ।

तर देश र जनताको सेवामा ज्यान होमेर पनि गीतको सृजनामा लाग्नेहरु पनि छन भन्दा धेरैलाई कौतुहल लाग्न सक्छ ।

यस्तै मध्येका उदाहरण हुन नेपाल प्रहरीको प्रहरी निरिक्षक (इन्सपेक्टर) पदमा कार्यरत भोजराज पाण्डे ।

नेपाल प्रहरीलाई केन्द्र थलो बनाएर राष्ट्र सेवामा तल्लीन प्रहरी निरिक्षक पाण्डे विगत केही समय देखि गीत लेखनमा समेत सक्रिय भएका छन् ।

राष्ट्र सेवाको अलावा गीत संगित क्षेत्र मार्फत समेत आफ्नो सामाजिक दायित्व निर्वाह गर्न अघि सरेका उनी गितकारका रुपमा समेत उदाउँदै छन ।

हाल सिंहदरवार प्रहरी वृत्तमा कार्यरत इन्सपेक्टर पाण्डेका यतिबेला दुईवटा गीत बजारमा आएका छन ।

पश्चिम नेपालको गुल्मी जिल्ला तम्घासमा जन्मेका उनी २३ वर्ष देखि नेपाल प्रहरीमा कार्यरत हुन ।

प्रहरी सेवाकैबीच संगित क्षेत्रमा प्रवेश गरेका उनी फुर्सदको समयलाई शब्दमा कोर्न लागि पर्छन ।

२४ सै घण्टा कर्तव्य पथमा खटिनु पर्ने संगठनका जुझारु उनले हालै मात्र ‘बिते कति रात’ नामक आधुनिक गित बजारमा ल्याएका छन ।

चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको सो गितमा संगित भने नविन श्रेष्ठले भरेका छन ।

आफ्नो मायालुसँगको विगतलाई शव्दमा उतारेका पाण्डेले गित मार्फत जहाँ पुगे पनि प्रेमका पलहरु यादगार रहिरहने भावना व्यक्त गरेका छन ।

गीतमा देखिने गरेको शब्दको खडेरीलाई भर्पाइ गर्दै उक्त गीतमा पाण्डेले पश्चिम नेपालका चल्तिका शब्द र प्रशिद्ध स्थानहरुको बयान गरेका छन ।

अत्यन्तै मर्मस्पर्शी र विशुद्ध मौलिक नेपाली शब्दहरुलाई उन्ने काम प्रस्तुत गितमा गरिएको छ ।

रोजगारीका लागि विदेशी भूमिमा पुगेकाहरुको परिवारसँगको विछोडका शब्दमा उनिएको सो गितमा मर्म स्पर्शि शव्दहरु जोडिएको पाण्डे बताउँछन ।

केही दिन अघि मात्रै ‘घुम्टो ओढी नबस है’ नामको लोक आधुनिक गीत समेत बजारमा ल्याएका उनले सो गितमा समेत पश्चिम नेपालमा प्रचलनमा रहेका शब्दहरुको प्रयोग गरेका छन । सो गीतमा दिपक शर्माको संगित रहेको छ ।

उदयमान गायक विक्रम राईको स्वरमा सजिएको सो गितलाई समेत पाण्डेले मार्मिक शब्दहरुको संगम मार्फत संगितमा भर्ने काम गरेका छन ।

युवा मष्तिष्कमा खेल्ने मायाका भावहरु समेटिएको सो गितलाई छोटै समयमा धेरैले रुचाएका छन । पाण्डे सेवाकै बिच अन्य तिन गीतको एरेन्जमा समेत व्यस्त छन ।