
अबउप्रान्त यातायातका सवारी–साधन बन्द गर्नेगरी तय भएका कार्यक्रमहरुमा सहभागी नहुने सर्तमा उनीहरुलाई छाडिएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीमा पक्राउ परेका व्यवसायीहरुलाई लिखित कागज गराइ रिहा गरिएको हो ।
रिहा हुनेहरुमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नम्बर–७ का संयोजक टेकराज जोशी, कर्णाली यातायात समितिका अध्यक्ष धिरज शाही, महासचिव गणेश ओली, कोषाध्यक्ष जयरुप बुढा, सदस्यद्वय ज्ञानबहादुर भण्डारी र कृष्णप्रसाद भट्टराई रहेका छन् ।
त्यस्तै, सुदूरपश्चिम यातायात व्यवसायी संघका सचिव योगेन्द्र गिरी (राजु) लाईसमेत सोही सर्तमा रिहा गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
व्यवसायीहरुले अबदेखि यातायातका सवारी–साधनमा हडताल नगर्ने र नेपालको प्रचलित ऐन–कानुनबमोजिम कार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनीहरुलाई रिहा गरिएको प्रजिअ तिवारीले जानकारी दिए ।
शुक्रबार आफ्ना सवारी–साधान ग्यारेजमा थन्क्याएका व्यवसायीहरुलाई गृह मन्त्रालयको निर्देशनमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्