
व्यापार नेपालको अनुकूल हुनेगरी वातावरण तयार पार्न भारत सरकारसँग छलफल भइरहेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्सले आइतबार राजधानीमा नेपाल–भारत व्यापार प्रवद्र्धन विषयमा गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सन् २००१ को वाणिज्य सन्धिका कारण भारतसँगको व्यापार असन्तुलन भएको भन्दै परिमार्जनको तयारी भइरहेको बताएका हुन् ।
सन् १९९६ को वाणिज्य सन्धिकाक्रममा व्यापार सन्तुलन रहेकाले सोहीअनुसार वाणिज्य सन्धि पुनरावलोकनको तयारी भइरहेको उनले उल्लेख गरे ।
हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकाक्रममा भएका सहमति कार्यान्वयनका लागि पनि नेपालको तर्फबाट पूर्णरुपमा काम भइरहेको उनले जानकारी गराए ।
रेलमार्ग र जलमार्गका लागि सम्भाव्यता अध्ययन गर्न दुवै देशले समिति गठन गर्ने प्रक्रिया अघि बढिसकेको पनि उनले जानकारी गराए ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा वैदेशिक लगानी भित्र्याउन भारतीय लगानीसहित भारतमा लगानी गरिरहेका तेस्रो मुलुकका लगानीकर्तासँग भारतमा बृहत् छलफलका लागि चेम्बरले पहल गरिरहेको बताए ।
उनले नेपालको हीतमा हुनेगरी कुनैपनि सन्धि–सम्झौता गर्न पछि नपर्ने पनि सुझाव दिए ।
कार्यक्रममा व्यवसायीहरुले भारतीय गाडी सहजरुपमा नेपाल प्रवेश गरेजस्तै नेपाली गाडी पनि भारतमा सहज प्रवेश गर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्