गोलभेंडाको मूल्य नतोकिंदा किसान मर्कामा • Image Khabar Image Khabar


गोलभेंडाको मूल्य नतोकिंदा किसान मर्कामा


Imagekhabar
२४ बैशाख २०७५, सोमबार १२:४७

गोलभेंडाको मूल्य नतोकिंदा किसान मर्कामा

वाशुदेव वर्मा/ईमेज:
कपिलवस्तु, बैशाख २४ । गोलभेंडाको मूल्य नतोकिँदा कपिलवस्तुका किसान मर्कामा परेका छन् ।

दैनिक ८० क्विन्टलभन्दा बढी गोलभेंडा उत्पादन हुने कपिलवस्तुमा अहिलेसम्म मूल्य निर्धारण गरिएको छैन ।

स्थानीय बजारमा राम्रो मूल्य नपाएपछि यहाँका किसानले बाहिरी जिल्लामा गोलभेंडा निर्यात गर्न थालेका छन् ।

तरकारी उत्पादनका लागि उपयुक्त मानिएको कपिलवस्तुमा दैनिक ८० क्विन्टलभन्दा बढी गोलभेंडा उत्पादन हुने गरेको छ । तर स्थानीय बजारमा गोलभेंडाले उचित मूल्य पाउन सकेको छैन ।

यहाँका किसानले अर्घाखाँची, रुपन्देही, कास्की, दाङलगायतका जिल्लामा गोलभेंडा पठाउन थालेका छन् ।

स्थानीय बजारको तुलनामा प्रतिकिलो गोलभेंडाको मूल्य १० रुपैयाँसम्म बढी पाउन थालेपछि किसानले निर्यातलाई प्राथमिकता दिएका हुन् ।

उत्पादित गोलभेंडा रामघाट तरकारी संकलन केन्द्रमा जम्मा गरेर अन्यत्र पठाउन थालिएको हो । बिचौलियाका कारण पनि तरकारीको उचित मूल्य नपाएको उनीहरुको गुनासो छ ।

उत्पादन बढेपछि मूल्य नपाएपछि किसानले तरकारीको भाउ तोक्न माग गरेका छन् । लगानी र मेहनतको तुलनामा मूल्य नपाउँदा राम्रो आम्दानी गर्न नसकिएको कृषकहरुको गुनासो छ ।

गतवर्ष तरकारी खेतीबाट साढे दुई लाख रुपैयाँ आम्दानी गरेका किसान रामहरि यादवले सरकारी वेवास्ताका कारण यस वर्ष ५० हजार रुपैयाँ कमाउन पनि मुस्किल पर्ने बताए ।

तरकारी उत्पादनमा किसानको लगानी र मेहनतलाई ध्यान दिँदै सरकारले बजारीकरणमा ध्यान दिनुपर्ने देखिन्छ ।

यसले तरकारी उत्पादक किसानको मनोबल वृद्धि मात्र हुँदै युवालाई तरकारी खेतीमा आकर्षित गराएर देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुर्‍याउन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्