
सोमबार बसेको राष्ट्रियसभा बैठकमा समितिका सदस्यहरुले मस्यौदामाथि फरक मत राखेपछि संशोधन प्रस्ताव दर्ता गर्न दुई दिनको समय दिइएको हो ।
बैठकमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले सदस्यको पदावधिको विषयमा गोलाप्रथा प्रणालीको प्रक्रिया, अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई अनुरोध गर्दा अपनाउनुपर्ने प्रक्रिया, कार्यसूचीका विषयमा असहमति राखेका छन् ।
यस्तै, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका सांसदहरुले पनि नियमावलीलाई सर्वस्वीकार्य बनाउन माग गर्दै सदस्यहरुको पदावधिको विषयमा मस्यौदामा राखिएको व्यवस्थाको विरोध गरे ।
सत्तारुढ दलका सांसदहरुले भने मस्यौदामा गरिएका व्यवस्थाको समर्थन गरेका छन् ।
प्रतिपक्ष दलका सांसदहरुको असहमतिपछि मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले नियमावलीमा सबैका धारणा समावेश गर्ने आश्वासन दिएका थिए ।
यसअघि, सभापति गुरुङले मस्यौदा समितिको प्रतिवेदन २०७५ माथि विचार गरियोस् भनी प्रस्तुत् गरेको प्रस्तावलाई बहुमतले पारित गर्दै संशोधन दर्ता गर्न दुई दिनको समय दिएको हो ।
राष्ट्रियसभाको अर्को बैठक बुधबार ३ बजे बस्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्