
सोमबार अस्पतालमा गरिएको कार्यक्रममा मेडिकल कजेज र अस्पतालबीच शिक्षा, स्वास्थ्य तथा अनुसन्धानमा सहकार्यको समझदारी भएको हो ।
मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले मेडिकल कलेजसँगको सहकार्यले पश्चिमका जनतालाई राहत पुग्ने विश्वास व्यक्त गरे ।
नेपालका प्रत्येक स्वास्थ्य संस्था सवल भएमात्रै स्वास्थ्य क्षेत्रमा आमुुल परिवर्तन आउने उनको भनाइ थियो ।
उपचारका लागि वर्षेनि दुई लाखभन्दा बढी नेपाली विदेशीने गरेको भन्दै यसलाई न्यून गर्न सबैबीच समन्वय र सहकार्य आवश्यक भएकोमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्