२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बुधबार र बिहीबार पुँजीबजार प्रदर्शनी


0
Shares

बोर्ड स्थापनाको २५औं वर्षमा प्रवेश गरेको अवसरमा नेपालको धितोपत्र बजारको इतिहासमा नै पहिलोपटक यही वैशाख २६ र २७ गते पुँजीबजार प्रदर्शनीको आयोजना गर्न लागेको बोर्डले जनाएको छ ।

क्यापिटल मार्केट एक्स्पोमा नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेड, धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरु, सूचीकृत कम्पनीहरुका साथै नेपाल राष्ट बैंक, बिमा समितिलगायतको करिब १७० ओटा स्टल रहने जनाइएको छ ।

बजार सहभागीहरुको स्टलमार्फत् आफ्नो संस्था र संस्थाले प्रदान गर्ने धितोपत्र बजार सेवाबारे लगानीकर्ताहरुलाई जानकारी गराउने जनाइएको छ ।

चालू आर्थिक वर्ष २०७४/७५ को प्रथम ९ महिनामा प्राथमिक बजार, दोस्रो बजार, मर्चेन्ट बैंकिङ र धितोपत्र दलाललगायतका क्षेत्रमा उल्लेख सुधार भएको पनि बोर्डले जनाएको छ ।