माओवादी केन्द्रबाट राष्ट्रियसभामा दलको नेतामा शर्मा चयन • Image Khabar Image Khabar


माओवादी केन्द्रबाट राष्ट्रियसभामा दलको नेतामा शर्मा चयन


Imagekhabar
२५ बैशाख २०७५, मंगलवार १३:१४

माओवादी केन्द्रबाट राष्ट्रियसभामा दलको नेतामा शर्मा चयन

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ ।

बैठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा बनाएर सोहीअनुरुप सरकारको नीति तथा कार्यक्रम ल्याइनुपर्नेबारे छलफल भएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

वाम गठबन्धनले जनतासमक्ष प्रस्तुत् घोषणापत्रलाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम तयार पारिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।

संघीयताको मूल्य–मान्यतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने र उक्त विषय पार्टी संयोजन समितिमा पनि छलफल गरिनुपर्नेमा संसदीय दलले जोड दिएको छ ।

बैठकले विकास–निर्माणका कार्यलाई सातै प्रदेशमा सघनरुपमा अघि बढाउन प्रदेशमा संयोजन समिति बनाउने निर्णय गरेको छ ।

विधेयक संशोधन र परिमार्जनलगायत कानुनी विषयमा राय–सुझाव लिन दलको कार्यालयको नेतृत्वमा कानुन विभाग गठन गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भएका निर्णय र छलफलमा उठेका विषयलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएको दलका नेता गुरुङले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्