४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


‘कोल्गेट इमेज लोक कलाकार’को धरान अडिसन मंसिर १ गते


0
Shares

काठमाडौं । लोक संगीतको प्रवद्र्धन र लोक गायन प्रतिभाको खोजी अभियानमा जुटेको इमेज च्यानलले ‘कोल्गेट इमेज लोक कलाकार सिजन–२’को अडिसन धरानमा भब्य तयारी भइरहेको छ ।

‘लोक संगीतको महासंग्राम’ नारा दिएको प्रतियोगिताका अडिसनहरु देशभरका विभिन्न स्थानमा आयोजना हुँदैछन् । यही मंसिर १ गते धरानमा अडिसन हुने भएको छ । 

धरानको रत्न इन होटल, विनायकपथमा हुन लागेको अडिसनमा सयौं लोकगीतप्रेमीको सहभागिता रहने आयोजकको दाबी छ ।

अडिनसनमार्फत छानिएर फाइनल प्रतियोगितामा उत्कृष्टलाई विभिन्न आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।