४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


सरोजकी ‘कान्छी’ बनिन् एलिशा राई(भिडियो)


0
Shares

काठमाडौं । नायिका तथा मोडल एलिशा राई पछिल्लो समय म्युजिक भिडियोमा निकै नै व्यस्छ छिन् ।

नृत्य एवं अभिनयमा अब्बल रहेकी एलिशा अभिनित म्युजिक भिडियोहरु युटुबमा दर्शकले खुबै रुचाएका छन् ।

यसैबीच उनी गायक राजमान तामाङको गीतको भिडियोमा अभिनय गर्दै देखा परेकी छन् ।

‘कान्छी’ बोलको सो गीतको भिडियोमा उनी मोडल सरोज मोक्तानकी कान्छी बनेकी छन् ।

जितेन लेप्चाको शव्द तथा संगीतमा बनेको सो गीतका एरेन्जर उदयराज पौडेल हुन् ।

यस्तै भिडियोतर्फ एलिशा र सरोजलाई युवराज वाइवाले निर्देशन गरेका छन् भने कोरियोग्राफी सरोज आफैंले गरेका छन् ।

उत्सव दाहालले खिचेको सो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।