ऊर्जा मन्त्रालयको श्वेतपत्र सार्वजनिक, १० वर्षमा ‘१५ हजार मेगावाट विद्युत् उत्पादन’ • Image Khabar Image Khabar


ऊर्जा मन्त्रालयको श्वेतपत्र सार्वजनिक, १० वर्षमा ‘१५ हजार मेगावाट विद्युत् उत्पादन’


Imagekhabar
२५ बैशाख २०७५, मंगलवार २१:०६

ऊर्जा मन्त्रालयको श्वेतपत्र सार्वजनिक, १० वर्षमा ‘१५ हजार मेगावाट विद्युत् उत्पादन’

मन्त्रालयले तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइसम्बन्धी आयोजना निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनी एवं परामर्शदातालाई कालोसूचीमा राख्ने चेतावनी पनि मन्त्रालयले दिएको छ ।

यसअघि पनि समयमा आयोजना सम्पन्न नगर्ने कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिइएको थियो ।

मंगलबार मन्त्रालयको श्वेतपत्र जारी गर्दै मन्त्री वर्षमान पुनले श्वेतपत्र ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको एकीकृत विकासको मार्गदर्शक हुने बताए ।

मन्त्री पुनले बूढीगन्डकी र पश्चिम सेती आयोजना सरकारले नै निर्माण गर्ने बताए । त्यसका लागि चालू आर्थिक वर्षभित्र टेन्डर आह्वान गरिने जानकारी उनले गराए ।

मन्त्रालयले ऊर्जा क्षेत्र सुधारका लागि विभिन्न कार्ययोजना पनि सार्वजनिक गरेको छ ।

आगामी पाँच वर्षभित्र विद्युत् चुहावट १५ प्रतिशतमा झार्ने, प्रसारणलाइन निर्माणलाई प्राथमिकता दिनेजस्ता योजना श्वेतपत्रमा राखिएको छ ।

यस्तै, सिँचाइ सेवा विस्तार गर्ने एवं मौसम पूर्वानुमानलाई थप वैज्ञानिक र व्यवस्थित गर्ने पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्