२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


झापाको डाँगीबारीमा तटबन्ध निर्माण, कटान र डुबानको समस्या हट्ने


0
Shares

झापा । डाँगीबारीमा नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएसँगै स्थानीय खुशी भएका छन् ।

जनताको तटबन्ध डिभिजन कार्यालयले जनसहभागितामा बिरिङ नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरेपछि डाँगीबारीबासीले कटान र डुबानको समस्या झेल्नु नपर्ने भएको छ ।

१५ करोड रुपैयाँको लागतमा साविक डाँगीवारी र सुरुङ्गा गाविसको सिमानाबाट नै बिरिङ नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको हो ।

२०६४ साल यता बिरिङ नदीमा आएको बाढीका कारण बाह्रदशी गाउँपालिकामा दुई सय घरपरिवार विस्थापित भएको र हजारौ विगाह जमिन बगरमा परिणत भएको थियो ।