१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


नेप्से १५ अंकले सुधारियो


0
Shares

यसदिन सेयरबजार परिसूचक नेप्से १५ अंकले सुधारिएर १३ सय ६१ विन्दुमा पुग्यो । आइतबार १२ र सोमबार ८ अंकले नेप्से झरेको थियो ।

यसदिन उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आएसँगै नेप्से बढेको हो ।

बिमा समूह सबैभन्दा उच्च १५१ अंकले उक्लियो । लघुवित्त समूह ३५ अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ११ अंकको सुधार आयो ।

यसदिन कारोबार परिमाणमा पनि सुधार आयो । १६५ कम्पनीका १४ लाख ३९ हजार कित्ता सेयर ५० करोड ६४ लाख रुपैयाँ बराबरमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।