
काठमाडौं, बैशाख २६ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रि–बजेट संसदमा पेश गर्दै छन् ।
आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ को बजेटको तयारीमा रहनु भएका अर्थमन्त्री डा. खतिवडाले आज बस्ने संसद बैठकमा बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्न लागेका हुन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा.खतिवडाले प्रि-बजेटको रुपमा लिइने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्न लागेका हुन् ।
अर्थमन्त्री डा.खतिवडाले संघीयता कार्यान्वयन, पूर्वाधार क्षेत्रमा लगानी, दिगो विकास लक्ष्य प्राप्ति, पुनर्निर्माणसहितका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेटको तयारी गर्नुभएको जनाइएको छ ।
बजेटमा सरकारको महत्वकांक्षासँग जोडिएका परियोजनाहरु पनि सामेल गरिनेछन् ।
प्रतिक्रिया दिनुहोस्