१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


धनगढी विमानस्थल स्तरोन्नतिमा ढिलाई, जग्गाधनीले मुआब्जा नबुझ्दा समस्या (भिडियो)


0
Shares

विराज रोस्यारा/ईमेज:
कैलाली, बैशाख २६ । कैलालीको धनगढी विमानस्थलमा केही जग्गाधनीले मुआब्जा रकम नबुझ्दा विमानस्थल स्तरोन्नतिको काम ढिलो भएको छ ।

जग्गाधनीलाई मुआब्जा रकम बुझ्न पटक पटक सूचना जारी गरे पनि अटेरी गर्दा विमानस्थल स्तरोन्नतिको काम ठप्प भएको छ ।

धनगढी विमानस्थल वरिपरिको जग्गा अधिग्रहण गरी विमानस्थल स्तरोन्नति गर्ने योजनामा जग्गाधनीले समस्या पारेका छन् ।

प्रशासनले पटकपटक जानकारी गराउँदा समेत जग्गाधनी नसुनेरै बसिरहेका छन् । जसका कारण काम रोकिएको मात्रै छैन स्तरोन्ततिमा ढिलाइ पनि भइरहेको छ ।

जग्गाधनीले मुआब्जा रकम लिन आनाकानी गरेपछि जग्गा विमानस्थलको स्वामित्वमा आउन सकेको छैन ।

विमानस्थलको नाममा जग्गा भएपछि मात्र जापानी संस्था जाइकाले काम अगाडि बढाउने विमानस्थलका प्रमुख छबिसिंह ठकुल्लाले बताए ।

जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुब्बा राममूर्ति सिंहले जग्गाधनीलाई पटक पटक बोलाए पनि मुआब्जा रकम बुझ्न नआएको बताए ।

यसअघि जग्गाधनीले मुआब्जा रकम कम भएको भन्दै गृह मन्त्रालयमा निवेदन हाले पनि गृहले भने जिल्लाकै निर्णय सदर गरेको थियो ।

उक्त विमानस्थलको स्तरोन्नतिका लागि वरपरका ८९परिवारको १७ बिघा जग्गा अधिग्रहण गरिएको थियो ।

जसमध्ये ७९ परिवारले मुआब्जा बुझिसके पनि बाँकी १० परिवारले आनाकानी गर्दा काममा अबरोध आएको हो ।

विमानस्थलले ऐनअनुसार प्रकृया चाल्न आग्रह गरेकाले अब ३ महिनाको सूचना जारी गर्ने र त्यसमा पनि अटेरी गरे मुआब्जा रकम स्वतः राज्यको सञ्चित कोषमा जम्मा हुने सिंहले जानकारी दिए ।

१० जना जग्गाधनीको अटेरीका कारण विमानस्थलको स्तरीकरण गर्ने काममा अबरोध सिर्जना हुनु आफैँमा अशोभनीय छ ।

जसको कारण स्तरोन्नति भएपछि हुने लाभबाट सबैजना वञ्चित भएका छन् ।

भिडियो