२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मोदी भ्रमणबारे संसदलाई जानकारी, अरुण तेस्रोको संयुक्त शिलान्यास गर्ने कार्यक्रम


0
Shares

उनले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम रहेको जानकारी दिए ।

सोही दिन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आपसी हितका विषयमा कुराकानी हुने र संयुक्तरुपमा उनीहरुले अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

भारतीय प्रधानमन्त्री मोदीले ऐतिहासिक जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने तथा भारतीय प्रधानमन्त्रीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दनसमेत गरिने कार्यक्रम रहेको उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा ‘रामायण सर्किट’को संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणले दुवै देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । रासस