कन्फेडेरेसन अफ एयियन एन्ड प्यासिफिक एकाउन्टन्टेन्ट्स (कापा)को सदस्य रहेको आइक्यानले कापा र पेफासँगको सहकार्यमा शुक्रबारदेखि काठमाडौंमा सम्मेलन गर्न लागेको हो ।
आइक्यानले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे विस्तृत् जानकारी गराएको हो ।
संघीय संरचनामा सार्वजनिक वित्त व्यवस्थापनका अवधारणा कार्यान्वयनमा रहेको चुनौती र व्यवस्थापनलाई सुदृढ गर्न सहयोग गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको (आइक्यान)का अध्यक्ष प्रकाशजंग थापाले बताए ।
सम्मेलनमा कापा सदस्य संस्थाका प्रतिनिधिहरु, सरकारी, व्यावसायिक तथा विकास नियोगका करिब २५० भन्दा बढीको सहभागिता रहने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्