२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


प्रधानमन्त्री ओलीले भनेः चीनसँग गरिएको सम्झौताले चौतर्फी फाइदा पुग्छ


0
Shares

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा भएका सहमति र सम्झौताबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी दिएका छन्

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे जानकारी गराउँदै ती सहमतिले नेपाललाई चौतर्फी फाइदा पुगेको बताए ।

उनले चीनसँग रेलमार्ग, उर्जा, जलस्रोतलगायतका विषयमा भएका सहमति ऐतिहासिक भएको दाबीसमेत गरे ।

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइएको र उच्च चिनियाँ पक्षबाट चाँडै नेपालको भ्रमण हुने विश्वास पनि  व्यक्त गरे ।

सम्बोधनका क्रममा उनले भने, ‘हामी यता वा उता ढल्किने गर्दैनौं’, प्रधानमन्त्रीले भने, ‘हाम्रा स्पष्ट नीतिहरु छन् ।

हामी पञ्चशील र पारस्परिक लाभ र स्वाभिमानका आधारमा, राष्ट्रिय हितलाई हेरेर अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्छौं । हामी कहीँ पनि शान्तिको पक्षमा छौं । समझदारीको पक्षमा छौं ।’