प्रसारणलाइनको काम पूरा नहुँदा उत्पादित विद्युत् खेर • Image Khabar Image Khabar


प्रसारणलाइनको काम पूरा नहुँदा उत्पादित विद्युत् खेर


Imagekhabar
२७ बैशाख २०७५, बिहीबार १६:३४

प्रसारणलाइनको काम पूरा नहुँदा उत्पादित विद्युत् खेर

१५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजना थपेको समयमा पनि पूरा नभएपछि ३३ केभीए प्रसारणलाइनबाट ५ मेगावाटमात्र केन्द्रीय प्रसारणमा जोडिँदैछ ।

विद्युत् उत्पादन गरी प्रसारणलाइनमा पठाउने अवस्था नरहेको तल्लोहेवा जलविद्युत् आयोजनाको माउन्टेड हाइड्रोपावर कम्पनीका अध्यक्ष सीताराम तिमिल्सिनाको भनाइ छ ।

आर्थिक वर्ष २०६६/०६७ बाट सुरु भएको करिडोरको काम आव २०७१–०७२ भित्र सक्ने सुरुआती योजना थियो । तर, दोस्रोपटक थपिएको म्यादमा पनि काम नसकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।

भारतीय ठेकेदार कम्पनीले राम्रोसँग काम नगर्दा काम समयमा पूरा हुन नसकेको हो । जसले गर्दा उत्पादित विद्युत्को उपयोग हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्