
यसदिन सेयरबजार परिसूचक नेप्से करिब ८ अंकले झरेर १३ सय ४८ विन्दुमा आइपुग्यो ।
कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से झरेको हो । यसदिन बिमा समूहमा ६९ अंकको गिरावट आयो ।
यस्तै, होटल समूह ३१ अंकले, जलविद्युत् समूह २५ अंकले, अन्य समूह १४ अंकले ओर्लियो भने वाणिज्य बैंक समूहमा पनि ३ अंकको गिरावट आयो ।
यसदिन कारोबार परिमाणमा पनि गिरावट आयो । १६१ कम्पनीका ७ लाख ७३ हजार कित्ता सेयर ३५ करोड ८८ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्