२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विश्व बैंकद्वारा साढे २७ अर्ब सहयोग सम्झौता


0
Shares

सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सहुलियत ऋणमा २० करोड डलर अर्थात् २० अर्ब ८० करोड बराबर र रानी–जमरा–कुलरिया सिँचाइ आयोजना फेज–२ का लागि ६६ करोड ६० लाख डलर अर्थात् ६ अर्ब ८६ करोड रुपैयाँ बराबार बजेटरी सहयोग गर्ने समझदारी गरेको हो ।

सहयोगसम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थसचिव राजन खनाल र नेपालका लागि विश्व बैंकका देशिय निर्देशक किमिओ फानले हस्ताक्षर गरे ।

विश्व बैंकको पछिल्लो सहयोगले रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको बाँकी काम सम्पन्न गर्न सहयोग पुर्‍याउने अर्थ मन्त्रालयले जनाएको छ ।