२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मोदीको भ्रमणविरोधीहरु प्रहरीको निगरानीमा


0
Shares

काठमाडौं, वैशाख २८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षालाई मध्यनजर गरेर प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीमाथि निगरानी बढाएको छ ।

मोदीको भ्रमणका क्रममा कालोझण्डा देखाउन सक्ने भएकाले प्रहरीले मुख्यालयको निर्देशनमा निगरानी बढाएको हो ।

स्रोतका अनुसार विप्लव माओवादी र ग्रेटर नेपाल अभियान सम्बद्धहरुलाई बढी निगरानी राखिएको छ । मोदी भ्रमण अवधिभर कुनै पनि सार्वजनिक स्थानमा विरोध प्रदर्शन, जुलुस वा भिड जम्मा नहोस् भनेर प्रहरीले सतर्कता बढाएको छ । –कान्तिपुर दैनिकबाट