८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. प्याकुर्‍याल


0
Shares

काठमाडौं, कात्तिक २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुर्‍याल तोकिएका छन् ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अर्काे व्यवस्था नभएसम्म १२औं तहका प्रमुख विशेषज्ञ प्याकुर्‍याललाई आर्थिक तथा प्रशासनिक कार्यका निमित्त यही कात्तिक २५ गते सो जिम्मेवारी दिएका हुन् ।

समग्र स्वास्थ्य सुधारका लागि आफूले काम गरिराखेको र आगामी दिनमा जारी रहने सचिव डा. प्याकुर्‍यालले बताए ।

संघीय प्रणालीमा स्वास्थ्यको कर्मचारी समायोजन कसरी गर्ने भन्ने मन्त्रालयका तर्फबाट गठित समितिको नेतृत्वसमेत उनले गरेका छन् । रासस