Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


बस दुर्घटनामा १४ यात्री घाइते


0
Shares

बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग३ख ७७४४ नम्बरको यात्रीबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्री घाइते भएका हुन् ।

घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा रहेको बस एउटै दिशाबाट गएको अर्को बसलाई उछिन्नेक्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा परेको बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस