
एम्नेस्टी इन्टरनेसनल र प्रवासी नेपाली समन्वय समिति (पीनसीसी)ले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रमका सहभागीहरुले वैदेशिक रोजगारीमा जानेहरु कति ठगिन्छन् भन्ने यकिन तथ्यांकसमेत अझै उपलब्ध नभएको बताए ।
रेमिट्न्सबाट धानिएको मुलुकमा वैदेशिक रोजगारीमा देखिएको जटिलतालाई समाधान गर्नेतर्फ सरकारले ठोस काम गर्न नसकेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरे ।
रोजगारीको क्षेत्रमा गैरकानुनी एवं आपराधिक गतिविधिमा संलग्न हुनेलाई दन्डको कठघरामा ल्याउन नसक्दा पीडितको संख्या बढ्दै गइरहेको निष्कर्ष सरोकारवालाहरुको छ ।
प्रतिक्रिया दिनुहोस्