
पोखरा, कात्तिक २८ । नेपालमा लोकतन्त्र स्थापनापछि पनि पत्रकारमाथि दुर्व्यवहारका घटना बढेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
बुधबार फ्रीडम फोरमले पोखरामा आयोजना गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले पत्रकारमाथि हुने दुर्व्यवहारले अरु क्षेत्रलाईसमेत असर पुर्याएको बताए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पत्रकारिताको आडमा अरु गतिविधि नगर्न पत्रकारलाई सुझाव दिए ।
कार्यक्रममा दुर्व्यवहार र कुटपिटका घटना बढेका कारण खोजी पत्रकारिता गर्न अप्ठ्यारो भएको पत्रकारहरुले गुनासो गरेका थिए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारिता जोखिम पेसा भएकाले सजग भएर व्यावसायिकरुपमा कलम चलाउन आग्रह गरे ।
नेपालमा समाचार लेखेकैभरमा सशस्त्र द्वन्द्वयता हालसम्म २३ जना पत्रकार मारिएका छन् ।
गन्डकी प्रदेशमा पछिल्ला दुई वर्षमा १२ जना पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहारका घटना भएका छन् ।
प्रतिक्रिया दिनुहोस्