मलेसियाका पूर्वप्रधानमन्त्री नजिब र उनकी पत्नीलाई विदेश जान रोक • Image Khabar Image Khabar


मलेसियाका पूर्वप्रधानमन्त्री नजिब र उनकी पत्नीलाई विदेश जान रोक


Imagekhabar
२९ बैशाख २०७५, शनिबार १२:४३

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब र उनकी पत्नीलाई विदेश जान रोक

क्वालालम्पुर, वैशाख २९ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक र उनकी पत्नी रोस्माह मन्सुरलाई विदेश जान रोक लगाइएको छ ।

मलेसियाको अध्यागमन विभागले शनिबार पूर्वप्रधानमन्त्री नजिब र उनकी पत्नीलाई विदेश जान रोक लगाइएको जानकारी शनिबार दिएको हो । उनीहरुलाई अध्यागमन विभागले कालोसूचीमा राखिएको जनाएको छ ।

नजिब हालै सम्पन्न निर्वाचनमा उनको पार्टी पराजित भएपछि सत्ताबाट बाहिरिएका थिए ।

नजिबले आफूलाई अध्यागमन विभागले देश छाड्ने अनुमति नभएको जानकारी गराएको बताए । उनले ट्वीट गर्दै भनेका छन्, ‘म यो निर्देशको पालना गर्दछु र आफ्नै परिवारसँग आफ्नो मुलुकमै बस्नेछु ।’

नजिबको कार्यकालमा भ्रष्टाचारले बढावा पाएको आरोप लागेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्