Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ : दाहाल


0
Shares

म्याग्दी, कात्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

बुधबार म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसको अवलोकनपछि बोल्दै उनले जिल्लाको प्राकृतिक स्रोत–साधनको अधिक प्रयोग गर्न पनि प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिए ।

अध्यक्ष दाहालले स्वदेशमै स्वरोजारीको अवसर सिर्जना गर्न, विदेश पलायनको क्रम रोक्न पनि प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

सिंहदरबारको अधिकार गाउँमा पुगेरमात्रै संघीयता बलियो नहुने भन्दै उनले संघीयताको मर्मअनुसार स्थानीय तहमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने उल्लेख गरे ।