
काठमाडौं, बैशाख २९ । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तिय संस्थाहरुलाई अनुशासन र पारदर्शीता कायम राख्न आग्रह गरेका छन् ।
कन्फेडेरेसन अफ एसियन एण्ड प्यासिफिक एकाउण्टन्टेन्ट्स (कापा) को सदस्य रहेको नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले कापा र पेफासंगको सहकार्यमा काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्र सम्मेलनको उद्घाटन गर्दै उनले अनुशासन र पारदर्शीता बिना वचतकर्ताप्रतिको विश्वास आर्जन गर्न नसकिने बताए ।
कापा सदस्य संस्थाका प्रतिनिधिहरु, सरकारी, व्यवसायिक तथा विकास नियोगका करिब २ सय ५० भन्दा बढीको सहभागिता रहेको सम्मेलनमा संघिय संरचनामा सार्वजनिक वित्त व्यवस्थापनका अवधारणा कार्यान्वयनमा रहेको चुनौतीका विषयमा छलफल भइरहेको आइक्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्