२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्छ : प्रदीप पौडेल


0
Shares

फिदिम, वैशाख ३० । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

नेपाल शिक्षक संघद्वारा पाँचथरको फिदिममा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सार्वजनिक शिक्षालाई उकास्न शिक्षकको भूमिका महत्वपूर्ण भए पनि सरकारको भूमिका पनि उच्च हुने उनको भनाइ थियो ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किँदै गएको बताउँदै उनले त्यसलाई सुधार्न शिक्षक, अभिभावक, विद्यार्थी र राज्य समेतको भूमिका आवश्यक हुने नेता पौडेलले बताए ।