२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनको भाउ उकालो लाग्ने क्रम जारी, तोलाको ५९ हजार तीन सय रुपैयाँ


0
Shares

काठमाडौं, वैशाख ३० । आइतबार पनि सुनको मूल्य उकालो लाग्ने क्रम जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले बढेर ५९ हजार ३ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार पनि सुन तोलामा १ सयले नै बृद्धि भएर ५९ हजार २ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने ७५० मै स्थिर रहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय २० डलर हाराहारीमा कारोबार भइरहेको थियो ।