२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


चीनले समुद्रमा उतार्‍यो घरेलु एयरक्राफ्ट क्यारियर


0
Shares

बेइजिङ, वैशाख ३० । चीनले आफ्नो पहिलो स्वदेशी एयरक्राफ्ट क्यारियरको परीक्षण सुरु गरेको छ ।

आइतबार उक्त एयरक्राफ्ट क्यारियरलाई परीक्षणका लागि समुद्रमा उतारिएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

सो एयरक्राफ्ट क्यारियर पूर्णरुपमा चीनमै तयार पारिएको बताइएको छ ।

यो एयरक्राफ्ट क्यारियर गत वर्ष नै सार्वजनिक गरिएको भए पनि हतियार फिटिङ तथा प्राविधिक पक्षको स्तरोन्नति नभइसकेका कारण यसलाई सेवामा सामेल गरिएको थिएन । यसको नामाकरण पनि अहिलेसम्म गरिएको छैन ।

यसअघि चीनले रुसमा बसेको एउटा एयरक्राफ्ट क्यारियरलाई प्रयोगमा ल्याएको थियो । ‘लायोनिङ्ग’ नाम दिइएको सो एयरक्राफ्ट क्यारियरलाई तालिम तथा अनुसन्धानमा प्रयोग गरिदैं आएको चीनको भनाइ छ ।

रक्षा विशेषज्ञका अनुसार नयाँ एयरक्राफ्ट क्यारियरबाट चीनको जलसेनाको शक्तिमा निकै बढोत्तरी हुनेछ । (एजेन्सी)