Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


एमाले र माओवादी केन्द्रबीच खटपट सुरु, वाम एकतामा आशंका


0
Shares

काठमाडौं, वैशाख ३१ । पार्टी एकताको नजिक रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फेरि खटपट सुरु भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर माओवादी सशंकित देखिएको हो ।

बजेट निर्माण तथा हाल संसदमा छलफल जारी रहेको बजेटका आधारभूत तथा सैद्धान्तिक पक्ष समेटिएको विनियोजन विधेयक, सचिवहरुको सरुवा, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहतमा ल्याउनेलगायत सरकारको निर्णय प्रधानमन्त्रीले एकलौटी रुपमा गरेको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ ।

माओवादी सचिवालय सदस्य मणि थापाले एमाले नेतृत्वले सरकार सञ्चालनमा एकलौटी गरिरहेको भन्दै कार्यशैलीप्रति आशंका व्यक्त गरे ।

माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बजेट निर्माण प्रक्रिया र श्वेतपत्र जारी हुँदा आफूहरुसँग कुनै छलफल नै नभएको भन्दै असन्तुष्टि पोखे ।

माओवादी सचिवालय सदस्य तथा सांसद देवेन्द्र पौडेलले पनि सत्तारुढ दलमा बजेटबारे आवश्यक छलफल नभएको बताए । –राजधानी दैनिकबाट