२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मुख्यमन्त्रीको अभिव्यक्ति जायज : यादव


0
Shares

सोमबार भरतपुरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै यादवले प्रदेश–२ का मुख्यमन्त्री राउतले मुलुक र प्रदेशको वस्तुस्थितिबारे यथार्थ बोलेको दावी गरे ।

‘मुख्यमन्त्रीले जे बोल्नुभयो, यथार्थ बोल्नुभयो, उहाँले नेपालको अवस्थालाई उजागर गर्ने प्रयत्न गर्नुभएको हो, सत्य कुरा तीतो भएकोमात्र हो’–उनले भने ।

अध्यक्ष यादवले मुलुक संघीयतामा गइसके पनि प्रदेश सरकारलाई भूमिकाविहीन बनाएर केन्द्र सरकारले गल्ती गरिरहेको आरोप लगाए ।

उनले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसकेर विदेशबाट सेना ल्याउनु राष्ट्रको सबैभन्दा ठूलो अपमान भएको बताए ।

नेपाली सेना र फौजको मनोबल गिराउने काम वर्तमान सरकारले गरेको उनको भनाइ थियो ।

अर्को प्रसंगमा अध्यक्ष यादवले सरकारले संविधान संशोधन गरेर राष्ट्रिय मुद्दा हल गर्न तयार भए आफूहरु सरकारमा जान तयार रहेको बताए ।

वर्तमान सरकारलाई आफूहरुले समर्थन गरिसकेको भन्दै उनले एक/दुई मन्त्रालय लिएर जागिर खानका लागिमात्रै सरकारमा जानुको औचित्य नहुने जिकिर गरे ।

अध्यक्ष यादव भरतपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन आएका हुन् ।