‘मुख्यमन्त्रीजीले बोलेको कुरामा कुनै समस्या छैन’ • Image Khabar Image Khabar


‘मुख्यमन्त्रीजीले बोलेको कुरामा कुनै समस्या छैन’


Imagekhabar
३१ बैशाख २०७५, सोमबार १७:४३

‘मुख्यमन्त्रीजीले बोलेको कुरामा कुनै समस्या छैन’

सोमबार राजधानीमा रिपोर्टस् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने–‘संविधानप्रति असन्तुष्टि राखेर मुख्यमन्त्रीले बोल्दा के गलत गर्नुभयो त ?’

मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाउँदैमा मुख्यमन्त्रीले राजीनामा दिन जरुरी नभएको उनको भनाइ थियो ।

नेपाल र भारतबीच जलमार्ग र रेलमार्ग निर्माणका लागि गरिएका सम्झौताहरु चाँडै पूरा हुनुपर्नेमा कर्णले जोड दिए ।

मोदीको नेपाल भ्रमण सफल र फलदायी भएको उनले उल्लेख गरे ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मोदीको भ्रमणकाक्रममा मुख्यमन्त्री राउतले बोलेको कुरा पार्टी र प्रदेश सरकारको धारणाबमोजिम नै रहेको जिकिर गरे ।

‘मुख्यमन्त्रीजीले बोलेको कुरामा कुनै समस्या छैन’–उनले भने ।

सहअध्यक्ष श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट खासै उपलब्धि नभएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्