Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


संघीयताले बढायो ‘भिआइपी’, उनीहरुको सुरक्षाका लागि सुरक्षाकर्मी तेब्बर बढाइँदै


0
Shares

काठमाडौं, कात्तिक २८ । सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेको छ । 

गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको छ । 

मन्त्रिपरिषदबाट विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बर बढ्नेछ । यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ । 

अहिले विशिष्ट र अति विशिष्ट व्यक्तिहरुको सुरक्षामा करिब दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालित छन् ।

मुलुक संघीय संरचनामा गएकाले विशिष्ट व्यक्तिको संख्या पनि बढेको छ । विशिष्टको संख्या बढेसँगै उनीहरुको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बरले बढाउनुपर्ने छ । –नागरिक दैनिकबाट