२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गरिएकोमा महासंघद्वारा स्वागत


0
Shares

वैशाखबाट लागू हुनेगरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफलरुपमा कार्यान्वयन गर्न ऊर्जामन्त्री, ऊर्जा मन्त्रालय र प्राधिकरणलाई प्राप्त सफलताप्रति महासंघले खुसी व्यक्त गरेको छ ।

गार्हस्थ प्रयोगमा यसअघि नै प्राधिकरणले प्रभावकारी व्यवस्थापन गरी सकेको छ भने औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घन्टासम्मको लोडसेडिङ अन्त्यको घोषणाबाट अब मुलुकभित्र उद्योग–व्यवसाय विस्तार हुने महासंघको विश्वास छ ।

साथै, भएका उद्योग–व्यवसायको निर्वाध सन्चालन, उत्पादन, प्रवद्र्धन तथा नयाँ औद्योगिक विस्तारमा सघाउ पुग्नुका साथै समग्रमा मुलुकको आर्थिक विकास, लगानी आकर्षणमासमेत मद्दत पुग्ने पनि महासंघको विश्वास छ ।

यस्तै, नयाँ आउने उद्योगहरु र क्षमता विस्तार गर्न चाहने उद्योगधन्दाहरुका लागि आवश्यक विद्युत् मागेका बखत सहजरुपमा उपलब्ध गराइदिने वातावरणका लागि पनि महासंघले आग्रह गरेको छ ।